मंगलबार, ४ वैशाख २०८१

पोखराका तीन स्थानमा माछापुच्छ्रे बैंकको क्यु आर कोड सेवा सञ्चालनमा

समयपोष्ट २०७७ फागुन १४ गते १६:०१

Advertisement

माछापुच्छ्रे बैंकले पोखराका तीन स्थानमा एक साथ क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबार पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा नेपाल राष्ट्र बैंकका का .मु निर्देशक पुस्कर सुर्खाली तथा बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा क्यु आर कोड सेवाको समुद्धघाटन गर्नुभयो ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा सृजना कार्कीको पनि उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्।

त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानि मार्फत गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो ।

ग्राहकले क्युआर कोड सेवा नि:शुल्क प्रयोग गर्न सक्ने साथै नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा आकर्षण बढ्दै गएको बैंकले जनाएको छ ।

पोखरामा सुरु गरिएको क्यु आर कोड सेवाको साथै बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९००० पुगेको छ । उक्त कार्यक्रममा बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री