मंगलबार, ११ वैशाख २०८१

सेन्सेइ ब्राण्डको ६५ इच्नको फोरके युयचडि एन्रोईड टि.भी. सार्वजनिक

समयपोष्ट २०७७ फागुन १४ गते १५:४१

Advertisement

सेन्सेइ ब्राण्डले आफ्नो नयाँ उत्पादन ६५ इच्नको फोरके युयचडि एन्रोईड टि.भी. सार्वजनिक गरेको छ ।

कम्पनीले शुक्रबार बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरि आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

“मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो” ट्याग लाईन रहेको सेन्सेइ ब्राण्डको फोरके युयचडिमा रहेको उक्त टि.भी. एन्रोईड प्ल्याटफर्म अन्र्तगत रहेको छ । ब्राईट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषता युक्त टि.भी.मा २ वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुप अन्गर्तत सि.जी. इ.ओ.एल.ले सेन्सेइ ब्राण्डको नेपालमा विक्री वितरण मार्केटिङ, ब्राण्डीङ गर्दै आईरहेको छ ।

सेन्सेइ ब्राण्ड चौधरी ग्रुपले सन् २०१६ मा उत्पादन गरि विक्री वितरण गर्न थालेको हो । सुरुवातमा नर्मल टि.भी.बाट नेपाली बजारमा विक्री वितरण थालेको सेन्सेइ ब्राण्डले आजको दिनमा आएर टि.भी.(नर्मल, स्मार्ट, युयचडि) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री