शुक्रबार, १४ वैशाख २०८१

ज्योति लाइफले ६६ लाख कित्ता साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७७ फागुन १४ गते १०:३५

Advertisement

ज्योति लाइफ इन्स्योरेन्सले साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले फागुन २३ गते देखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

सो आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री