शुक्रबार, १४ वैशाख २०८१

महिला लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट

समयपोष्ट २०७७ फागुन १४ गते १०:१५

Advertisement

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ ।

शुक्रबार बाँडफाँट गरिएको आइपिओ आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री