शुक्रबार, १६ चैत २०८०

प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

समयपोष्ट २०७७ फागुन १३ गते १३:३७

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने संभावना शून्य रहेको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालबाट कटाक्ष गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–‘ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री