शनिबार, ८ वैशाख २०८१

सेलेब्रिटी सेफ सन्तोष काठमाडौँमा

समयपोष्ट २०७७ फागुन १३ गते १३:१७

Advertisement

यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आइपुगेका छन् ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन साह बिहीबार बिहान काठमाडौँ आइपुगेका हुन् । साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।

साह दुई महिना नेपालमा बस्नेछन् भने यसक्रममा उनले नेपालको विभिन्न भागमा पुगेर आफ्नो नयाँ किताबको लागि रिसर्च गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री