बुधबार, १२ वैशाख २०८१

शिखर इन्स्योरेन्सको च्याटबटमा ग्राहकको आकर्षण

समयपोष्ट २०७७ फागुन १२ गते १५:५५

Advertisement

शिखर इन्स्योरेन्सको च्याटबट सेवामा ग्राहकहरुको आकर्षण बढेको छ ।

इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबट मार्फत सेवा लिन चाहनेहरुको संख्या दैनिक बढ्न थालेको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्र मार्फत बढाउन सकिने सम्भावना र आवश्यकता महसुस गरि सुरु गरेको च्याटबट नयाँ माध्यम हो ।

यसमार्फत ग्राहकहरुले घर,अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनैपनि ठाउँबाट शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसिहरु खरिद गर्न सक्छन् ।

यसकोे लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगी र प्रभावकारी छ ।

ग्रहाकरुले च्याटबट मार्फत घरमै बसी बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टी, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्छन् । साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्रहाकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । शिखरले ल्याएको उक्त च्याटबटले स–साना कुराका लागि कम्पनी धाउनै पर्ने बाध्यतालाई अन्त्य गर्ने सम्भावन बढ्ने देखिन्छ । हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ भन्दा बढी बीमाहरुको सेवा विस्तार गर्दे आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री