बिहीबार, १३ वैशाख २०८१

संसद् फेस गर्छु, राजीनामा दिन्न

समयपोष्ट २०७७ फागुन १२ गते ११:३८

Advertisement

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामाका लागि चौतर्फी दबाब छ । तर प्रधानमन्त्री ओली तत्काल राजीनामा नदिने मनस्थितीमा छन् । प्रधानमन्त्री ओलीले सर्वोच्चको निर्णय मान्ने तर बाँकी कुरा संसद् ‘फेस’ गर्ने बताएको बुझिएको छ ।

त्यसो त मंगलबार साँझ फैसला आएसंगै प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने बरु संसद ‘फेस’ गरेर अगाडी बढ्ने बताईसकेका छन् ।

प्रधानमन्त्री ओली निकट एक नेताले सर्वोच्चले प्रधानमन्त्रीको राजिनामा माग नगरेको बताउँदै जे गर्ने हो त्यो सबै संसद्ले गर्ने बताए । उनले भने,“सर्वोच्च अदालतले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर भनेको छ र ?,” उनले भने,“सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को बैठक बोलाउनुहुन्छ । सर्वोच्च अदालतले तोकेको समयभित्रै संसद् बैठक बस्छ । अब जे गर्ने हो त्यो सबै काम संसद्ले गर्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री