सोमबार, ६ वैशाख २०७८

विपन्नका लागि स्वास्थ्य नेपालको वृहत स्वास्थ्य शिविरः २१३ को इसिजी, १०३ जनाको इको

समयपोष्ट २०७७ फागुन ११ गते २१:२०

Advertisement

विपन्नका लागि स्वास्थ्य नेपालले आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ३८५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

ती मध्ये ६२ जना बालबालिका,१४६ जना पुरुष र १७७ जना महिला रहेका छन् । निर्मल बाल विकास विद्यालय भिमसेनगोलामा भएको स्वास्थ्य शिविरमा कानको समस्या,पाठेघरको समस्या,मुटुसम्बन्धि समस्या भएका व्यक्तिहरुको उपचार गरिएको थियो ।

Advertisement

विपन्नका लागि स्वास्थ्य नेपालका मेडिकल संयोजक तथा बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुको पनि उपचार गरिएको जानकारी दिनुभयो । उहाँले ती बालबालिकाहरुमा अधिकांशलाई डाउन सिन्ड्रोम देखिएको भन्दै अपाङ्गता (डाउन सेन्ड्रोम) भएका बालबालिकाहरुका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डा. कोइरालाले बालबालिकाहरुमा डाउन सेन्ड्रोम सहित कतिपयलाई मुटुको समस्या रहेको जानकारी दिनुभयो ।

उक्त शिविरमा महिला स्वास्थ्य (गाईनो),बालबालिका,नाक,कान,घाँटी,अर्थोपेडिक,मुटु लगायतका समस्या भएका मानिसहरुले स्वास्थ्य सेवा लिएका थिए ।
विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष रत्न थापाले उक्त शिविरबाट २१३ जनाको इसिजी,१०३ जनाको इको गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य शिविरमा निशुल्क औषधि समेत वितरण गरेको जानकारी दिनुभयो । स्वास्थ्य शिविरलाई नेपाल प्रहरी अस्पतालले प्राविधिक सहयोग गरेको थियो । शिविरमा छ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने,१८ जनालाई हाडजोर्नीको समस्या देखिएको थियो । उक्त स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, प्रसूति रोग विशेषज्ञ डा. रोजिना मानन्धर,डा. प्रकाश खनाल,डा. निरज कुमार सिंह,डा.श्याम पुजारीले विशेषज्ञ सेवा दिनुभएको थियो । यसैगरी डा. सरोज कार्की,विशाल गुरुङ,गणेश गिरी,डा. कृपेश लामिछाने,डा. दिपशिखा शाह,ममत भट्टराई,डा.गृष्मा उपे्रती र अर्जुन बाँनियाले स्वास्थ्य सेवा दिनुभएको थियो । नर्सिङ तर्फबाट स्वास्थय शिविरको नेतृत्व कोपिला श्रेष्ठ पालिखेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री