बिहीबार, २० फागुन २०७७

महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा मनोरञ्जन रमण शर्मा

समयपोष्ट २०७७ फागुन ४ गते १८:२३

Advertisement

हालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।

Advertisement

साधारण सभा सम्पन्नपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो ।

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री