बुधबार, १२ वैशाख २०८१

नेको इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा बढ्यो

समयपोष्ट २०७७ माघ ३० गते १२:४३

Advertisement

नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३ करोड ४४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७० करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

खुद बिमाशुल्कसंगै कम्पनीको खुद नाफा पनि बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६०.१ प्रतिशत अर्थात ९ करोड ९३ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै कम्पनीले पुनर्बीमा कमिशनबाट ११ करोड ७९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले १ लाख ७४ हजार ७१० वटा बीमालेख जारी गरी १ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीका २६ हजार ६१८ वटा बीमालेखहरु नविकरण भएका छन्।

कम्पनीले ३ हजार ३२९ वटा दाबी बापत ४४ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ९१९ वटा दाबी बापत ८८ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैंया, बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड २५ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३१.९४ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री