शुक्रबार, १६ चैत २०८०

रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क र खुद नाफा बढ्यो

समयपोष्ट २०७७ माघ २९ गते ११:३८

Advertisement

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५३.२६ प्रतिशत अर्थात ४५ करोड ८६ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ८६ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा लगानी कर्जा तथा अन्यबाट १७ करोड १६ लाख रुपैयाँ र बीमालेख धितोमा ३ करोड ५ लाख कर्जा लगानी गरी २ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि ४ करोड ५४ लाख रुपैयाँ बढेर १७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १३ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै कम्पनीको जीवन बीमा कोषमा एक अर्ब ९० करोड ८८ लाख रुपैयाँ, जगेडा कोषमा ८० करोड ३ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७ करोड ५० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको हालसम्म २६ लाख ७८ हजार ४८१ वटा बीमालेख जारी गरी यस अवधि सम्ममा १ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिसम्म कम्पनीले ३ हजार १२९ वटा दाबी बापत ३१ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४२ पैसा, प्रतिशेर नेटवर्थ १६२ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री