बिहीबार, १३ वैशाख २०८१

कृषिलाई नछोड्ने अरुलाई जोड्ने अभियानमा लागेका छौँ

समयपोष्ट २०७७ माघ २० गते १६:१८

Advertisement

कोभिड–१९ ले बैङ्किङ क्षेत्रलाई कस्तो प्रभाव पारेको छ ?

समग्र विश्व अर्थतन्त्रलाई कोभिड–१९ ले प्रभाव पारेको छ । यसमा नेपाल पनि अछुुतो छैन । बैङ्क, वित्तीय संस्था, ग्राहक, उद्यमीहरु यसबाट प्रत्यक्षरुपमा प्रभावित छन् । त्यहीँभित्र रहेर बैङ्कको पोर्टफोलियो प्रभावित भएको अवस्था रहेकै थियो । तथापि केही सुधार भइरहेको छ ।

राष्ट्र बैङ्कले ऋणीहरुलाई दिने भनेको सहुलियतपूर्ण ऋणले खराब कर्जा बढाउने जोखिक कत्तिको छ ?

योे महामारीको समयमा सबै कुरा राम्रो हुनुपर्ने, नाफामात्रै हुुनुुपर्ने भन्दा पनि यो बेला बाँच्ने र सुरक्षित हुने कुरा महत्वपूर्ण हुन्छ । यो अवस्थामा राष्ट्र बैङ्कले जरिवाना नलिनुु, अन्य शुल्क नलिने लिए पनि कम लिने भनेर तोकिदिएको छ । एउटा राहतको कार्यक्रम सँगसँगै हामीले काम गरेको हुनाले यसमा सबै राम्रो हुने कुरा अहिले रहेन । आउँदा दिनहरुहरुमा परिस्थिति सामान्य हुँदै गएपछि बैङ्कहरु पुरानै अवस्थामा फर्कनेछन् ।

बैङ्कको पैसा भनेको ऋण मात्र होइन, सर्वसाधारणको पैसा हो । जनताको निक्षेप लिएपछि बैङ्कले त्यसलाई पनि सम्बोधन गर्नुपर्छ । अवस्था राम्रो नभए निक्षेपकर्ताले पैसा फिर्ता लैजान सक्ने अवस्था रहन्छ । त्यसकारण ग्राहक र उद्यमीहरुलाई असर नगर्ने गरी असुलीका अभियान चलाउनुुपर्छ ।

राष्ट्र बैङ्कले कोभिड–१९ प्रभावित व्यवसायीहरुलाई राहत दिन भनिरहेका बेला अहिले केही बैङ्कहरु धमाधम धितो लिलाम गरिरहेका छन् । समस्या कहाँनेर हो ?

राष्ट्र बैङ्कले केही समय पर्ख र हेर भनेको छ । कोभिड–१९ बाट प्रभावित ऋणीहरु, जसलाई कोभिडकै कारणले व्यवसाय सञ्चालन गर्न समस्या परिरहेको छ, उहाँहरुलाई समय दिने, पुनर्तालिकीकरण गर्ने, रिफाइनान्सकल ऋणहरु दिने भनेको हो । तर, सबै सुविधा लिएर व्यवसाय पनि सञ्चालन नगर्ने, अनुशासनमा नबस्ने साथै यो मात्र नभई पुराना बाँकी ऋणलाई केस टुु केस बेसमा केही बैङ्कहरुले गरेका छन् । असुली भनेको एउटा प्रक्रिया हो, निर्देशन पनि पालना गर्नुपर्यो । बैङ्कको पैसा भनेको ऋण मात्र होइन, सर्वसाधारणको पैसा हो । जनताको निक्षेप लिएपछि बैङ्कले त्यसलाई पनि सम्बोधन गर्नुपर्छ । अवस्था राम्रो नभए निक्षेपकर्ताले पैसा फिर्ता लैजान सक्ने अवस्था रहन्छ । त्यसकारण ग्राहक र उद्यमीहरुलाई असर नगर्ने गरी असुलीका अभियान चलाउनुुपर्छ । कोभिडका कारण हो कि होइन ? पहिले त्यो बुुझ्नुुप¥यो । यदि कोभिडकै कारण हो भने राष्ट्र बैङ्कको निर्देशनभित्र रहेर हामीले काम गर्नुपर्छ । नियतवश नै ऋण नतिर्ने, दशौँ वर्ष पुरानो ऋण छ भने ऋणी र बैङ्क बसेर समझदारीमा आउने हो भने सबै बैङ्कले त्यो अवस्था मेन्टेन गरिहाल्छन् । कोभिडको नाममा फाइदामात्र लिन खोज्नेभन्दा पनि व्यवसायीले आफ्नो समस्या बताउने र बैङ्कले पनि आफ्नो परिवेश बताउने हो भने त्यस्तो समस्या आउँदैन ।

पछिल्लो समय बैङ्कहरुमा अधिक तरलता छ । यसले अनुत्पादक क्षेत्रमा लगानी जाने जोखिम बढाउने कत्तिको छ ?

तरलता बढी भएको अवस्थामा उद्योग, व्यवसाय अथवा सबै आर्थिक क्रियाकलापहरु पूर्णरुपमा सञ्चालन नभएपछि बजारमा पैसा हुनु स्वभाविकै हो । मागलाई सम्बोधन गर्ने तरलताभन्दा बढी सरप्लस भयो भने त्यसले कतै न कतै लगानी बढाउँछ । पुँजी बजारमा गएका पैसाहरुलाई अनुत्पादक भन्न मिलेन । पुँजी बजारको सर्कुलेट हुने पैसा हो, त्यो इकोसिस्टममा आउँछ, जसले गर्दा दीर्घकालीन प्रोजेक्टहरुमा लगानी हुने सम्भावना सँगसँगै आउँछ । अनुत्पादक क्षेत्रमा एकैपटक ह्वात्तै पैसा जाँदैन । अहिले कृषि क्षेत्रमा पैसा जाने सम्भावना बढी छ । घर, जग्गा, रियल स्टेटतिर अहिले कारोबार कम भएको हुनाले त्ययतातिर लगानी कम नै होला । कारोबार भयो भने नै माग हुने हो । त्यसकारण त्यतातिर सम्भावना देखिँदैन ।

पैसा गइसकेपछि दुुरुपयोग नहोस्, समयमै फर्कियोस् भन्ने बैङ्कको चाहना हुन्छ । त्यो सुनिश्चिततासँगै जोखिमरहित अवस्था रह्यो भने बैङ्कले लगानी गर्छ ।

बैङ्कले देशको अर्थतन्त्रलाई सहयोग पुग्ने ठूला–ठूला पूर्वाधारलगायतका परियोजनामा लगानी गर्न नसक्नुको कारण के हो ?

पहिलेको जस्तो त्यस्तो अवस्था अहिले छैन । अहिले हामीले ठूला–ठूला हाइड्रो, कृषिका परियोजनाहरुमा लगानी गरिरहेका छौँ । पूर्वाधारका क्षेत्र भन्नाले पर्यटन क्षेत्रका हुन् कि उत्पादन क्षेत्रका हुन् ? त्यो कुरा हामीले हेर्नुपर्छ । अहिले विदेशी पर्यटकहरु नआउने, आन्तरिक पर्यटकको चहलपहल भर्खरै मात्रै बढ्न थालेको अवस्था छ । त्यसकारण लगानी गर्दा प्रतिफल आउने सुनिश्चितता हुनुुपर्छ । पूर्वाधारमा लगानी नहुने भन्ने छैन । त्यसले समय लिन्छ । बैङ्कहरु मिलेर गरिरहेको अवस्था छ । परियोजना समयमा निर्माण पनि हुनुुप¥यो, उत्पादन पनि गर्नुप¥यो । सिमेन्ट, छड, होटल, जलविद्युत्लगायतका क्षेत्रमा बैङ्कहरुले आवश्यकताअनुसार लगानी गरिरहेका छन् । परियोजना छन् भने बैङ्कहरुलाई लगानी गर्न समस्या छैन ।

बैङ्कहरु खाली नाफा, घाटा, प्रतिफलमा मात्र केन्द्रित भए । नवीनतम कार्य गर्न सकेनन् भन्ने आरोप लाग्ने गरेको छ । नवीनतम कार्य गर्न समस्या के छन् ?

सर्वसाधारणको पैसा लगानी गर्दा नवीनतासँगै सुरक्षाको प्रत्याभूति हुनुुपर्यो । लगानी गरेको पैसा फर्किनेमा आश्वस्तता हुनुुप¥यो । यसका लागि व्यावसायिक योजनाको पुुष्ट्याइँको आवश्यकता छ । नवीनतम भन्दै गर्दा त्यो व्यावसायिक हो कि होइन, त्यसले प्रतिफल दिन्छ कि दिँदैन, बजार पाउँछ कि पाउँदैन, काम गर्न सक्छ कि सक्दैन, त्यो उत्पादन भनेको जस्तो हुन्छ कि हुँदैन ? ती सब कुराको सुनिश्चितता भयो भने नवीनतम काम गर्न समस्या छैन । राष्ट्र बैङ्कले दिएको नीति र हाम्रो आफ्नै नीतिमा पनि कुनै बाधा छैन । सीधै कर्जा मागेर कसैले दिँदैन । सुनिश्चितता, प्राविधिक कुराहरुको ज्ञानजस्ता कुराहरु परियोजनातर्फ ढल्किने हुनुपर्यो । त्यति भयो भने जुनसुकै बैङ्कले लगानी गर्छन् । लिने र दिनेबीचमा जुन शर्त–सुविधा छ, त्यो कुराको पहिचान, त्यसको डकुुमेन्टेसन, त्यसका विधिसम्वत् कुराहरु बुुझ्न सक्यो भने त्यो त्यति ठूलो कुरा होइन । पैसा गइसकेपछि दुुरुपयोग नहोस्, समयमै फर्कियोस् भन्ने बैङ्कको चाहना हुन्छ । त्यो सुनिश्चिततासँगै जोखिमरहित अवस्था रह्यो भने बैङ्कले लगानी गर्छ ।

महामारी जोखिमको अवस्था भएकाले हामी अझ सुरक्षित भएर जानुुपर्छ । निक्षेपकर्तालाई सुरक्षित गराउनुुपर्छ, लगानीकर्तालाई पनि प्रतिफल निरन्तरता दिनुुपर्छ ।

कोभिडपछि मानिसहरुमा डिजिटल अर्थतन्त्रप्रति चासो बढेको छ । यसलाई अझ बढाउन के गर्नुपर्ला ?

नगदरहित कारोबारलाई सकेसम्म विद्युतीय प्रणालीबाट चलाउने भनेर लकडाउनको समयमा विद्युतीय प्रणालीबाट ठूलो मात्रामा कारोबार भयो । हामीले मोबाइल एप्लिकेसन, क्यूआर कोडहरुलाई बढी प्रभावकारी बनाउने काम गर्यौं। अहिले हाम्रा मोबाइल एप्लिकेसन युजर मात्रै करिब तीन लाख हाराहारी पुुगिसके । किसानहरुले पनि क्यूुआर बेसबाट काम गरुन् भनेर हामीले त्यतातिर पनि काम गर्दैछौँ । कोभिडले गर्दा हामी बाहिर निस्किन सकेका थिएनौँ । अब खुल्दै गएको छ । वातावरण राम्रो भयो भने यसले अझ व्यापकता लिन्छ । नेपालमा अहिले जागरण आएको छ । अहिले डिजिटल प्रणालीबाट काम गर्नुपर्छ भन्ने आममानिसको चाहना पनि छ । यही समयमा यसलाई व्यापक बनाउने अभियानमा हामी छौं ।

कृषि विकास बैङ्कलाई फरक पहिचानसहित कसरी अगाडि बढाउँदै हुनुुहुन्छ ?

भर्खरै मात्र हामीले साधारणसभा सकेका छौँ । पन्ध्र प्रतिशत कर प्रयोजनको नगदसहित गरेर पन्ध्र प्लसको लाभांश घोषणा गरेका छौँ । हामी अहिलेको औषत मार्केटमा एभरेजभन्दा माथि नै छौँ । पहिले सामान्य अवस्थामा थियौँ, योभन्दा बढी दिएका थियौँ । अहिले हामीले जोखिमलाई हेरेर एभरेजभन्दा माथि जानुुपर्छ भनेर एभरेजकै हाराहारीमा दियौँ । इन्फ्लेसन दरभन्दा यो माथि नै छ । हामीले प्रतिफल निरन्तर वृद्धि गर्दै आएका छौँ । आर्थिक अवस्था हाम्रो त्यति राम्रो छैन । महामारी जोखिमको अवस्था भएकाले हामी अझ सुरक्षित भएर जानुुपर्छ । निक्षेपकर्तालाई सुरक्षित गराउनुुपर्छ, लगानीकर्तालाई पनि प्रतिफल निरन्तरता दिनुुपर्छ । कृषि विकास बैङ्कले कृषिलाई लिड गर्ने सरकारको कार्यक्रम हामीसँग जोडिएको छ । त्यसकारण कृषि बन्ड र किसान कार्ड ल्याएर कृषिको लगानी वृद्धि गर्ने, उद्यमशीलता विकास गर्ने, स्वरोजगार वृद्धि गर्ने, रोजगारीको अवसर पनि सिर्जना गर्ने, कृषिजन्य आयातलाई प्रतिस्पर्धा गर्ने, जीडीपीमा कृषिको योगदानलाई अझ सशक्त गर्नुपर्छ । त्यसलाई विद्युतीय प्रणालीबाट, प्रविधिमैत्री प्रणालीबाट सिस्टम ट्रान्सफर्मेसनहरु ल्याएर मूल्य शृङ्खलामा जति पनि काम गर्ने उत्पादनदेखि लिएर वितरणसम्मका तहमा कृषि विकास बैङ्कले सशक्त भूमिका निर्वाह गर्नुपर्छ । यो वर्ष हाम्रो ठूलो अभियान कृषिमै छ । कृषिलाई नछोड्ने अरुलाई जोड्ने अभियानमा हामी लागेका छौँ । सामान्य परिवेशले पनि हामीलाई साथ दिन्छ भने आगामी दिनमा हामी परिणत भयौँ, परिणाम देखायौँ भन्ने कुरामा विश्वस्त दिलाउन चाहन्छौँ ।

 

मर्जरबारे फेरि चर्चा सुुरु भएको छ । कृषि विकास बैङ्क कसरी अगाडि बढ्दै छ ?

मर्जरको आवश्यकता देखियो भने कृषि विकास बैङ्क पनि अगाडि बढ्छ । मर्जर पु्ँजीका लागि, शाखा विस्तारका लागि र कार्यक्रमका लागि हो । आफूलाई भोलि सशक्तरुपमा स्रोत व्यवस्थापन गरेर लैजाने कुरा हो । लागत कम गर्न, प्रविधिमैत्री बनाउन मर्जरको आवश्यकता भयो भने नेपाल सरकारको यसमा ५१ प्रतिशत छ । हामी सबै बोर्ड, सञ्चालक समिति, सरकारले मर्जरमा जाने निर्णय गर्यो  भने हामीलाई मिल्ने वा कसैलाई लिने हो भने कुन क्षेत्रका बैङ्कलाई लिँदा हामी अझ बढी सशक्त हुन्छौँ भनेर जान्छौँ । आवश्यकता प¥यो भने मर्जरमा जान सकिन्छ । तर, अहिलेलाई त्यस्तो ठोस निर्णय भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री