शुक्रबार, १४ वैशाख २०८१

प्रभु बैंकले ल्यायो नयाँ निक्षेप योजना ‘प्रभु गुडलक सेभिङ’

समयपोष्ट २०७६ फागुन १६ गते १३:१९

Advertisement

प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित ‘प्रभु गुडलक सेभिङ’ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

शुन्य मौजदातमा खाता खोल्न सकिने ‘प्रभु गुडलक सेभिङ’ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट रु. १००।– जम्मा गरिदिने व्यवस्था मिलाईएको छ ।
यो योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

‘प्रभु गुडलक सेभिङ’ अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटल लि. सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवशरहरु जस्तै आईपिएस, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । यस योजनामा मा सहभागी हुने विद्यार्थीहरुलाई आफ्नो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवशर समेत मिल्ने बैंकले जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस निक्षेप योजना ‘प्रभु गुडलक सेभिङ’मा विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरु सहभागी हुनुभई प्रभु बैंक लि. को अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्दै देशको पूँजीबजारसँग सम्बन्धित अवसरको यथेष्ठ लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री