मंगलबार, ११ वैशाख २०८१

रविन्द्र ढकाल सनराइज बैंकको म्यानेजरमा नियुक्त

समयपोष्ट २०७६ फागुन १५ गते १९:५८

Advertisement

ग्लोबल आईएमई बैंकका डेपुटी म्यानेजर रविन्द्र ढकाल सनराइज बैंकमा जाने भएका छन् । सोमवार देखी सनराइजको म्यानेजर पद सम्हाल्ने गरी ढकाल सनराइज बैंक जान लागेका हुन् ।

ढकालले यसअघि ग्लोबलमा शाखा प्रवन्धक, मार्केटिङ, कार्ड, सेल्स र रेमिट्यान्स प्रमुख भएर काम गरिसकेका छन् । उनको अन्तर्राष्ट्रिय रेमिट्यान्स, शाखारहित बैंकिङ सेवा ब्राण्डिङ, ब्राञ्चम्यानेजमेन्ट र मिडिया रिलेसनको अनुभव रहेको छ।

छोटो समयमा बैंकिङ करियरमा राम्रो छाप बनाएका ढकालको बैंकिङ क्षेत्रमा १३ वर्षको अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री