शुक्रबार, १६ चैत २०८०

साताको अन्तिम दिन ४ अर्बको सेयर किनबेच, ३६.०५ अंकले बढ्यो नेप्से

समयपोष्ट २०७६ फागुन १५ गते १५:१५

Advertisement

साताको अन्तिम दिन सेयर बजार ३६ अंकले बढेको छ । बिहीबार नेप्से परिसुक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा पुगेको छ । आज १ सय ८० कम्पनीका १ करोड कित्ता सेयर ४ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज बाणिज्य बैंक,विकास बैंक र उत्पादनमुलक समुह उपसुचक हरु बढेका छन् भने अन्य सबै उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ८३.२९, विकास बैंक समुह ३८.६५ र उत्पादनमुलक समुह १६.४५ अंकले बढेका छन् ।

आज ब्यापार समुह ४८.४३,होटल २७.६२,जलविद्युत २१.५,फाईनान्स २१.५,निर्जिवन बिमा २१३.३९,अन्य २२.५३,लघुवित्त ५६.३५,जीवन बिमा १६४.६३ र म्युचुअल फण्ड ०.१६ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री