शुक्रबार, १६ चैत २०८०

हाम्रा बिमा योजना बजारको आवश्यकता र माग अनुकूल छन्

प्रभु लाइफ इन्स्योरेन्सका सीईओ नारायणप्रसाद पौडेलको अन्तर्वार्ता

समयपोष्ट २०७६ फागुन १३ गते १२:०३

Advertisement

नेपाल राष्ट्र बैङ्कमा अवकाशपछि लाइफ इन्स्योरेन्समा आउनुभएको छ, अलि फरक क्षेत्रमा काम गर्दा कस्तो अनुभूति पाउनुभयो ?

बैङ्क तथा वित्तीय संस्थाको नियमन र सुपरीवेक्षण गर्ने निकाय हो नेपाल राष्ट्र बैङ्क । म त्यहाँ कार्यरत रहँदा पछिल्लो समयमा नियमन र सुपरीवेक्षणको क्षेत्रमा नै आबद्ध थिएँ । म कार्यरत विभाग र मेरो जिम्मेवारीभित्र पर्ने कार्य वित्तीय स्थायित्व प्रवद्र्वनसँग सम्बन्धित हुन्थे । यस अर्थमा भन्नु पर्दा नीति–निर्माणमा उच्च व्यवस्थापनलाई सहयोग गर्नुपर्ने हुन्थ्यो । बिमा क्षेत्र पनि समग्र वित्तीय बजारको एउटा महत्वपूर्ण अङ्ग हो । अहिलेको मेरो भूमिका व्यवसाय प्रवद्र्धनका लागि बजार केन्द्रित हुनुपर्ने हुन्छ । यसका लागि कर्मचारी र अभिकर्तालाई अभिप्रेरित गर्दै सक्रिय रूपले समूह परिचालनमा जोड दिनुपर्ने हुन्छ । अर्को अर्थमा भन्नुपर्दा बिमा व्यवसाय बढाई संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्ने र लगानीकर्ताको अपेक्षा पूरा गर्ने जिम्मेवारी प्रमुख हुन आउँछ । त्यसर्थ भूमिका, कामको प्रकृति र कार्यक्षेत्र मेरा लागि नयाँ हुनु स्वाभाविक हो । यसका साथै यो नयाँ क्षेत्रमा परिचित हुने अवसर पाएको छु र एउटा असल टिमको सहयोगबाट सिक्दै छु, गर्दै पनि छु र निर्दिष्ट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने दरिलो विश्वासका साथ सुम्पिएको जिम्मेवारी पूरा गर्नेछु भन्ने लागेको छ ।

भूमिका, कामको प्रकृति र कार्यक्षेत्र मेरा लागि नयाँ हुनु स्वाभाविक हो । यसका साथै यो नयाँ क्षेत्रमा परिचित हुने अवसर पाएको छु र एउटा असल टिमको सहयोगबाट सिक्दै छु, गर्दै पनि छु र निर्दिष्ट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने दरिलो विश्वासका साथ सुम्पिएको जिम्मेवारी पूरा गर्नेछु भन्ने लागेको छ ।

 

प्रभु लाइफ इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

२०७४ मङ्सिर २८ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको यस प्रभु लाइफ इन्स्योरेन्स लि. ले सञ्चालनको दुई वर्ष पूरा गरिसकेको छ । संस्थागत सुशासन पक्षमा कम्पनीले यथोचित र पर्याप्त ध्यान दिएको छ । चालू आ.व. २०७६/७७ को दोस्रो त्रैमास अर्थात् २०७६ पुुस मसान्त सम्ममा कम्पनीको चुक्ता पुँजी रु. एक अर्ब ४० करोड रहेको छ भने सर्वसाधारणमा सेयर निष्कासन भइसकेपछि पुँजी रु. दुई अर्ब पुग्नेछ । सो अवधि सम्ममा कम्पनीले रु. तीन करोड ५८ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको कुल स्रोतमा चुक्ता पुँजीका अतिरिक्त जगेडा तथा कोषमा रु. १४ करोड १२ लाख, जीवन बिमा कोष रु. ५१ करोड ९० लाख र महाविपत्ति जगेडामा रु एक करोड १७ लाख रहेको छ । चालू आ.व.को पुस सम्ममा कम्पनीले कुल रु. ३१ करोड २६ लाख (यसमध्ये प्रथम बिमा शुल्क रु. २१ करोड आठ लाख) बिमा शुल्क सङ्कलन गरेको छ । मुलुकभर हाल कम्पनीका ९० भन्दा बढी शाखा कार्यरत छन् । अर्धवार्षिक समीक्षामा लक्ष्य अनुरूपको बिमा व्यवसाय हुन नसके पनि यस आर्थिक वर्षको अन्त्य सम्ममा अपेक्षित उपलब्धि हासिल हुने विश्वासका साथ प्रतिबद्व भई कम्पनी अघि बढिरहेको छ ।

प्रभु लाइफ इन्स्योरेन्समा किन बिमा गराउने, यसका विशेषता के छन् ?

प्रभु लाइफ इन्स्योरेन्स लि. बिमा क्षेत्रको नियामक निकाय बिमा समितिबाट इजाजत पत्र प्राप्त जीवन बिमा व्यवसाय गर्ने कम्पनी हो । यो प्रतिष्ठित व्यवसायी, बैङ्कर, बैङ्क, वित्तीय सस्ंथा र अन्य कम्पनी तथा व्यक्ति विशेषद्वारा प्रवद्र्वित एक पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले विभिन्न वर्गका जनसाधारणलाई लक्षित गरी विभिन्न जीवन बिमा सम्बन्धी योजना ल्याएको छ । बिमा योजनाका विशेषता र बिमा मूल्य प्रतिस्पर्धी र मनासिव छन् । बजारको आवश्यकता अनुरूपका बिमा योजना उपलब्ध छन् । संस्थागत सुशासन, पारदर्शिता र स्व–नियमनलाई कम्पनीले आत्मसात गरेको छ । कम्पनीले स्वस्थ ढङ्गको प्रतिस्पर्धामा विश्वास गर्दै आएको छ । दाबी भुक्तानी व्यवस्था सहज र सरल छ । हाम्रा बिमा योजना बजारको आवश्यकता र माग अनुकूल छन् । यी विभिन्न कारणले गर्दा हाम्रो कम्पनीसँग जीवन बिमा गर्नु राम्रो छ । नयाँ कम्पनी भएकाले प्रचार–प्रसार, अभिमुखीकरण र अभिकर्ता सञ्जाल मार्फत कम्पनी र यसका बिमा योजनाका बारेमा आम रूपमा बुझाउनुपर्ने आवश्यकता पनि त्यत्तिकै छ ।

बजारको आवश्यकता अनुरूपका बिमा योजना उपलब्ध छन् । संस्थागत सुशासन, पारदर्शिता र स्व–नियमनलाई कम्पनीले आत्मसात गरेको छ । कम्पनीले स्वस्थ ढङ्गको प्रतिस्पर्धामा विश्वास गर्दै आएको छ ।

लाइफ इन्स्योरेन्सका मुख्य खम्बा अभिकर्ता हुन् उनीहरूलाई कसरी प्रशिक्षित गर्नुभएको छ ?

जीवन बिमा व्यवसायको प्रमुख आधार स्तम्भ नै अभिकर्ता सञ्जाल हो । बिमक र बिमितलाई जोड्ने कार्य बिमा अभिकर्ताले गरेका हुन्छन् । बिमा अभिकर्ताको दर्ता, इजाजत, योग्यता, आचारसंहिता, अभिकर्ताले पाउने कमिसन आदि लगायतका विषयका सम्बन्धमा बिमा ऐन, २०४९ बिमा नियमावली, २०४९ र बिमा समितिबाट समय–समयमा जारी निर्देशनमा समेत समेटिएको छ । बिमा व्यवसाय प्रतिस्पर्धी र विस्तारित हुँदै जाँदा बिमा अभिकर्ताको भूमिका र माग पनि तदनुरूप बढ्दै गएको छ । प्रभु लाइफ इन्स्योरेन्स लि.ले पनि नयाँ अभिकर्ता निर्माण गर्ने, विद्यमान अभिकर्ता सञ्जाललाई थप क्रियाशील बनाउने र निष्क्रिय रहेका हाम्रा अभिकर्ता साथीलाई कम्पनीसँग सक्रिय रूपले आबद्ध गराउन समय–समयमा प्रशिक्षण दिने, पुनर्ताजगी तालिम दिने, छलफल र बहस गर्ने, अन्तक्र्रिया गर्ने गर्दै आएको छ ।

तालिम र प्रशिक्षणका लागि वार्षिक क्यालेन्डर तयार गरिएको, जीवन बिमा अभिकर्ता दिग्दर्शन प्रयोगमा ल्याइएको छ र थप सहजीकरणका लागि प्रधान कार्यालयमा एजेन्सी विभाग नै क्रियाशील रहेको अवस्था छ ।

अभिकर्तालाई आकर्षित गर्ने खालका मासिक तथा वार्षिक योजना ल्याउने, कम्पनीसँग सामीप्य बढाउन विभिन्न तह र चरणमा विभिन्न कार्यक्रममा सरिक गराउने, अनौपचारिक माध्यम जस्तै पिकनिकको आयोजना गर्ने, स्वदेशका विभिन्न भागमा भ्रमण गराउने जस्ता कार्य पनि गर्दै आएका छौँ र यी सबै क्रियाकलाप नियामक निकायले दिएको निर्देशनको परिधिभित्र रहेर गरिएको छ । तालिम र प्रशिक्षणका लागि वार्षिक क्यालेन्डर तयार गरिएको, जीवन बिमा अभिकर्ता दिग्दर्शन प्रयोगमा ल्याइएको छ र थप सहजीकरणका लागि प्रधान कार्यालयमा एजेन्सी विभाग नै क्रियाशील रहेको अवस्था छ । तथापि कम्पनीका लागि अझै पनि अभिकर्ताको सङ्ख्या बढाउँदै लैजानुपर्ने अवस्था छ ।

सबैले एकै प्रकारका प्रडक्ट ल्याउने र बिजनेस तानातान गर्ने प्रवृत्ति पनि देखिन्छ, यसको अन्त्य कसरी होला ?

बिमा मार्फत भविष्यमा आइपर्ने अप्रत्याशित घटना वा जोखिमविरुद्ध रक्षावरण एवम् आफू र आफ्ना परिवारको भविष्यका लागि बचत गर्न सकिन्छ । जीवन बिमामा अन्तर्निहित यिनै फाइदा सम्बोधन हुनेगरी विभिन्न कम्पनीले बजारमा ल्याउने कुनै खास बिमा सम्बन्धी योजनाका आफ्नै खास विशेषता पनि हुन्छन् । कुन वर्गलाई लक्ष्यित गर्ने, कस्तो आधारभूत विशेषता समावेश गर्ने, अतिरिक्त वा ऐच्छिक सुविधा दिने वा नदिने, मूल्य अर्थात् बिमा शुल्क के कति तय गर्ने, बिमा प्रवेश उमेर, बिमाङ्क सीमा आदि पक्ष भने बिमा योजना अनुसार फरक–फरक हुन्छन् । बिमा सम्बन्धी सैद्धान्तिक र आधारभूत पक्षका कारण बिमा योजना उस्तै–उस्तै देखिने हो । बिमा व्यवसाय विस्तार गर्न तानातान गर्ने केही हदसम्म अस्वस्थ्य प्रतिस्पर्धा पनि हुने गरेको छ । बजार विस्तारित हुँदै गएको र जीवन बिमक कम्पनीको उपस्थिति पनि राम्रै रहेको सन्दर्भमा स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा मनासिव मूल्यमा स्तरीय सेवा दिन सक्नुमा नै सेवा प्रदायकको सफलता निर्भर गर्दछ । संस्थागत दिगोपनका लागि पनि दीर्घकालीन सोच अनुरूप अगाडि बढ्नु आवश्यक हुन्छ । अस्वस्थ र अस्वाभाविक व्यावसायिक प्रवृत्ति अन्त्य गर्न पहिलो सम्बन्धित कम्पनी स्वनियमनमा बस्नु जरुरी छ भने दोस्रो नियामक निकायको सुपरीवेक्षकीय भूमिका थप प्रभावकारी बनाउन आवश्यक छ ।

अस्वस्थ र अस्वाभाविक व्यावसायिक प्रवृत्ति अन्त्य गर्न पहिलो सम्बन्धित कम्पनी स्वनियमनमा बस्नु जरुरी छ भने दोस्रो नियामक निकायको सुपरीवेक्षकीय भूमिका थप प्रभावकारी बनाउन आवश्यक छ ।

बिमा समितिले लगानीका दायरा बढाए पनि कम्पनीको इन्भेस्टमेन्ट पोर्टफोलियोमा खासै परिवर्तन देखिँदैन, ब्याज आम्दानीमा मात्र सीमित देखिन्छन् । लगानी विस्तारमा चुनौती के छन् ?

व्यावसायिक सङ्गठनका कामकारबाही सम्बन्धित ऐन, कानुन, नियम, नियामक निकायको निर्देशन र कम्पनीको आफ्नै आन्तरिक नियम÷विनियमबाट निर्देशित हुन हो र बिमा कम्पनीको हकमा पनि त्यो लागू हुन्छ । लगानी सम्बन्धी निर्णय गर्दा जोखिम, प्रतिफल, सुरक्षा र नगद प्रवाहको स्थिति नियालिएको हुन्छ । बिमा व्यवसायको प्रकृति अनुसार पनि नगद प्राप्ति र भुक्तानी, सञ्चालन खर्च, दाबी भुक्तानी, प्रत्यक्ष दायित्व, सम्भावित दायित्व जस्ता पक्षलाई ध्यानमा राखी तरलता व्यवस्थापनलाई प्राथमिकता दिई वित्तीय लगानी सम्बन्धी निर्णय गरिएको हुन्छ । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिबाट पनि यस सम्बन्धमा निर्देशन जारी भएको छ । सरकारी सुरक्षण पत्र र वाणिज्य बैङ्कको मुद्दती निक्षेप जस्ता कम जोखिमयुक्त वित्तीय उपकरणमा लगानीको न्यूनतम सीमा र घरजग्गा, सेयर, डिबेन्चर जस्ता बढी जोखिमयुक्त क्षेत्रमा गरिने लगानीमा अधिकतम सीमा तोकिएबाट पनि लगानी सम्बन्धी निर्देशनले जोखिम र तरलताबीच तादात्म्य हुनुपर्ने आवश्यकता औँल्याउँछ । तसर्थ प्रतिफललाई मात्र ध्यान नदिई जोखिम, सुरक्षा र लगानी अवधि (अल्पकालीन) का हिसाबले निक्षेपमा लगानी बढी आकर्षणयुक्त देखिएको हो । २०७६ मङ्सिरको तथ्याङ्क हेर्दा बैङ्क/वित्तीय संस्थाको कुल निक्षेप दायित्व करिब रु. ३४ सय अर्बमध्ये झण्डै ७ प्रतिशत अर्थात् रु. २४३ अर्ब बिमा कम्पनीको रहेको छ ।

प्रभु लाइफका आगामी योजना के छन् ?

बिमा योजना ल्याउँदा योजनाका आधरभूत विशेषता, पूरक सम्झौता विशेषता र मूल्य अर्थात् बिमा शुल्क आदि बजार सुहाउँदो, प्रतिस्पर्धी र स्पष्ट हुनुपर्ने हुँदा प्रभु लाइफ इन्स्योरेन्स लि. पनि त्यसै अनुरूप बजारमा अघि बढिरहेको छ ।

यो कम्पनी २०७४ मङ्सिरदेखि विधिवत् रूपमा सञ्चालनमा आएको हो र अहिले दुई वर्षको यात्रा पूरा गरेको छ । तुलनात्मक रूपमा बिमा व्यवसायको उद्योगमा यो कम्पनीलाई नयाँ नै भन्नुपर्ने हुन्छ । स्थापित कम्पनीको तुलनामा नयाँ कम्पनीका लागि प्रमुख चुनौती भन्नु नै वाञ्छित स्तरको बजार हिस्सा कायम गर्नु हो । यसका लागि बिमा व्यवसायको आकार बढाउनुपर्ने हुन्छ । बिमा व्यवसायको हिस्सा बढाउन बजार र विभन्न वर्गका मानिसको आवश्यकता अनुरूपका बिमा योजना ल्याउँदा योजनाका आधरभूत विशेषता, पूरक सम्झौता विशेषता र मूल्य अर्थात् बिमा शुल्क आदि बजार सुहाउँदो, प्रतिस्पर्धी र स्पष्ट हुनुपर्ने हुँदा प्रभु लाइफ इन्स्योरेन्स लि. पनि त्यसै अनुरूप बजारमा अघि बढिरहेको छ । बिमाको पहुँच विस्तार गर्दै जाने नीति अनुरूप बिमा योजनामा विविधताका साथै भौगोलिक र अभिकर्ता सञ्जाल विस्तारलाई पनि कम्पनीले त्यत्तिकै महत्व दिएको छ । प्रचलित कानुनी व्यवस्था र नियामक निकायको निर्देशनको परिधिभित्र रही अब छिट्टै नै कम्पनीले रु. ६० करोडको सार्वजनिक सेयर निष्कासन गर्ने तयारीमा जुटेको छ र हाल हामी त्यस सम्बन्धी कानुनी तथा प्रशासनिक प्रक्रियामा रहेका छौँ । सङ्क्षेपमा भन्नुपर्दा कम्पनीका आगामी योजना भन्नु नै नयाँ–नयाँ र प्रतिस्पर्धी बिमा योजनासहित बजार प्रवेश गर्ने, बिमाको पहुँच अभिवृद्धिका साथै बजार हिस्सा बढाउने र छिट्टै नै सेयरको सार्वजनिक निष्कासनमा जाने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री