मंगलबार, ४ वैशाख २०८१

हेर्नुहोस् डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा विजयको मोबाइलमा के–के भेटियो ?

समयपोष्ट २०७६ फागुन १० गते १९:३६

Advertisement

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या र सोही घरमा काम गर्ने विजय चौधरीको आत्महत्याबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । तर बाह्र दिन बितिसक्दा समेत प्रहरीले हत्याको क्लुसमेत फेला पार्न सकेको छौ ।

महानगरीय प्रहरी परिसर ललितपुरले घटनालगत्तै मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाएको थियो । प्रहरीले मुना र चौधरी दुवैको मोबाइलको रिपोर्ट बुझिसकेको छ ।

चौधरीले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेको प्रहरीले जनाएको छ । कुकुरसँग खेलेको, अर्जुन कार्कीको छोरासँग रमाएको र विभिन्न ठाउँ घुम्न जाँदाखेरी खिचेका फोटाहरु चौधरीको मोबाइलमा रहेको प्रहरीले जनाएको छ ।

चौधरीको मोबाइलमा अश्लील खालका र हिंसामा सघाउ पुर्याउने खालका केही पनि सामग्री फेला नपरेको प्रहरीले जनाएको छ । चौधरीले मोबाइलमा डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको प्रहरीको दावी छ ।

पोस्टमार्टम रिपोर्टमा मुनाको मृत्युको कारण घाँटी थिचिएका कारण भएको उल्लेख छ । यस्तै चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

ललितपुरको सानेपामा गत माघ २७ गते पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् भने कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री