बिहीबार, १३ वैशाख २०८१

मिश्रलाई पक्राउ गर्न संसदीय समितिको पत्राचार

समयपोष्ट २०७६ फागुन ८ गते २०:३६

Advertisement

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दुई जनालाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ ।

सांसदहरूको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै प्रभातकिशोर उपाध्याय र स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रलाई पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखेको हो ।

समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कति रकम दिइयो भन्दै फेसबुक अकाउन्टमा लेखेका थिए ।

त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री