बिहीबार, १५ चैत २०८०

मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

समयपोष्ट २०७६ फागुन ८ गते १९:५९

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पा जिल्लाको दुनै अवस्थित मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।

बुधबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्राहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई ओढ्ने तथा ओछयाउने लुगाहरुको खरिद गर्ने कुरा समितिले जनाएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ ।

यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा समितिले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री