शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा प्रभु बैंकको एक्टेन्सन काउण्टर

समयपोष्ट २०७६ फागुन ८ गते १९:४१

Advertisement

प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंककोे एक्टेन्सन काउण्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका छन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि सेवा विस्तार गर्न सफल भएको छ ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री