बिहीबार, १३ वैशाख २०८१

डिश होमको “डिस होममा डिलर दाईको डिष्काउण्ट ”योजनामा दुई जना बिजेता घोषित

समयपोष्ट २०७६ फागुन ८ गते ११:५४

Advertisement

डिशहोमले “डिस होममा डिलर दाईको डिष्काउण्ट ” नामक योजना अन्तरगत लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
२०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको हो । लक्की ड्र मार्फत डिशहोमको सेटअप बक्सको क्यासिड नं ०२५१९१०७४८४ कावाशोती, नवलपरासीका सुदिप मरासिनी र ०२५१९११०६५०, पोखरा कास्कीकी बिनिता गुरुङ्ग बिजेता घोषित भएका छन् । दुबैले नगद रु १ लाख प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अर्को लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहीबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री