बुधबार, १२ वैशाख २०८१

पूर्व प्रेमीमाथि नेहाको आक्रोश : ‘ मबाट टाढै बस,मैले मुख खोलेँ भने तिम्रो परिवार बर्बाद हुन्छ’

समयपोष्ट २०७६ फागुन ७ गते १८:३५

Advertisement

चौध महिना लामो ब्रेक अप पछि बलिउड गायिका नेहा कक्कडले हिमांशमाथि उनको इमेज खराब गरेको आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जालमा एउटा लामो स्टेस लेख्दै नेहाले भनेकी छिन्‘जसले मेरा बारे नराम्रो भनिरहेका छन्, उनीहरू झुटा हुन् र मेरो सफलता देखेर डाहा गरिरहेका छन् । उनीहरूलाई मेरो नाम लिएर मिडियामा आउनु छ । पहिला पनि यस्तै गरिएको थियो । मेरो पछाडि पनि यस्तै गरियो । यदि चर्चित हुन मन छ भने आफ्नो कामबाट बन मेरो नामबाट होइन ।’

नेहाले आफ्नो पोस्टमा एकपटक पनि हिमांशको नाम लिइनन् तर उनले उनकै लागि यस्तो लामो पोस्ट लेखेको स्पष्ट हुन्छ । नेहा यत्ति भनेर मात्रै रोकिइनन् । उनको हिमांश कोहलीविरुद्धको रिस स्पष्ट देख्न सकिन्थ्यो । उनले हिमांशको पूरा परिवारकै पर्दाफास गर्न सक्ने बताएकी छिन् । नेहा लेख्छिन्, ‘यदि मैले मेरो मुख खोल्न सुरु गरेँ भने म तिम्रो आमा, बुवा र बहिनीको कर्तु त पनि सार्वजनिक गरिदिनेछु । उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए । मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोसिस नगर । मबाट टाढै बस र मेरो नामबाट पनि ।’

स्मरण रहोस्, हिमांश कोहलीले हालै नेहासँगको ब्रेकअपबारे मुख खोलेको थिए । उनले उक्त ब्रे कअप पछि उनलाई संसारले नै भिलेनमा रुपमा हेरिएको बताएका छन् । उनले भने, ‘कसैले पनि वास्तविकता के थियो भनेर जान्न चाहँदैनथ्यो र म भि लेन बनेको थिएँ । यसले मलाई निकै त नावमा पारेको थियो । मैले केही पनि भनेको थिइनँ र मानिसहरुले आ–आफ्नो निष्कर्ष निकाल्न थालेका थिए, उसले भनेको कुरालाई आधार बनाएर ।’ हिमांशको यही बयानपछि नेहा कक्कडको रिसको पारो सबैभन्दा माथि पुगेको छ । उनले हिमांश र उनको परिवारलाई नै तथानाम भनिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री