शनिबार, ८ वैशाख २०८१

चीनबाट ल्याईका नेपालीहरुमा कोरोना नभएको पुष्टि

समयपोष्ट २०७६ फागुन ७ गते १४:११

Advertisement

चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण नभएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन मार्फत रिपोर्ट नेगेटिभ पाइएको जानकारी दिएको हो ।

चीनबाट ल्याउने बित्तिकै उनीहरुलाई खरिपाटीको क्वारेन्टाइन स्थलमा राखिएको थियो । उनीहरुलाई ल्याईएकै दिननै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री