बिहीबार, १३ वैशाख २०८१

बालाजु अटो वर्कस्द्धारा प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरु पुरस्कृत

समयपोष्ट २०७६ फागुन ४ गते २१:११

Advertisement

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्निग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गरेको छ ।

कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजना अन्तर्गत – वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङ प्रा. लि. ले सर्वोत्कृष्ट उपहार एवम् मेम्बरसिप अन्तर्गतका ग्राहकहरुलाई बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा , महिन्द्रा एंड महिन्द्राका ग्राहक सेवा प्रबन्धक तपस पटनायकले सम्मानित तथा उपहार वितरण गरेको हो ।

सो पुरस्कार वितरण समारोहमा शाखा प्रमुखहरु र कर्मचारीवर्गको उपस्थितिमा २८ माघ, २०७६ का दिन बालाजु अटो वर्कस्, बालाजु, बालाजु औधोगिक क्षेत्र, काठमाडौँमा आयोजना गरिएको थियो । अग्निग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ ।

आउँदो दिनमा उदाहरणीय स्थान कायम गर्नका लागि आगामी दिनमा पनि यस्ता योजनाहरु ल्याउन बालाजु अटो वर्कस् प्रा. लि. अग्रसर रहिरहने प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्माले बताए।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री