बिहीबार, १५ चैत २०८०

विश्वका १४ सूचकहरूमा नेपालको प्रगति, संसारले उपलब्धिहरू नियालेको आँखीझ्याल

समयपोष्ट २०७६ फागुन ३ गते १०:०९

Advertisement

१. विश्व बैंकको व्यवसायसम्बन्धी सूचाकाङ्क (डुइङ विजनेश इन्डेक्स) ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको भन्ने देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा उठेको छ । यो एक वर्षमा हामी विश्वस्तरमा नै १६ स्थान अगाडि बढेका छौं ।

२. मानव विकास सूचाकाङ्क, जो संयुक्त राष्ट्र संघीय मानव विकास प्रतिवेदनले सार्वजनिक गरेको छ, त्यसमा २ स्थान प्रगति गरि नेपाल १४९ औंबाट १४७ औं स्थानमा अगाडि बढेको छ ।

३. भोकमरी सूचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको छ र यो ७३ औं स्थान (२०.८ प्राप्तांकसहित) मा रहेको छ । यसले पनि प्रगति र विकासको संकेत गरेको छ ।

४. शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त ? विश्व शान्ति सूचक (ग्लोबल पीस इन्डेक्स) मा नेपालले यस बर्ष १२ बिन्दुले सुधार गरेको देखिएको छ, अर्थात् नेपाल यसरी सुधारको स्थितिमा अगाडि बढेको छ । १६५ देशमध्ये नेपाल ७६ औं स्थानमा आइपुगेको छ । जबकि अरु देशहरूको स्थिति फरक छ । बंगलादेश १०१ औं स्थान, चीन ११० औं स्थान, भारत १४१ औं स्थान र पाकिस्तान १५३ औं स्थानमा रहेका छन् ।

५ .विधिको शासनको सूचकमा नेपाल २ स्थान माथि उठेको छ । गत वर्षभन्दा यस बर्ष क्रमशः यो माथि जाँदै छ । विश्वका १२६ देशहरूमध्ये नेपाल ५९ औं स्थानमा रहेको छ ।

६ .भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल ११औं स्थान माथि चढेको छ र १२४ औं स्थानबाट ११३ औं स्थानमा पुगेको छ ।

७ . विश्वव्यापी खुशी मापन सूचक (ह्याप्पीनेश इन्डेक्स) मा के छ त ? खुशी मापनमा पनि नेपाल अहिले ३ स्थान माथि उठ्न सकेको छ ।

८ .आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्याङकनसम्बन्धी विश्व सूचक (कन्ट्री परफमेन्स एण्ड इन्सिच्यूशनल एसिसिमेन्ट–सीपीआइए) मा हाम्रो मुलुक १ तह (३.४ बाट ३.५) माथि उठेको छ ।

९. विश्व प्रतिस्पर्धासम्बन्धी सूचकमा पनि १ स्थान (१०९ औं बाट १०८ स्थान) माथि उठेको छ ।

१०. लैङ्गिक समानताको विश्व सूचकमा गत वर्षभन्दा १ स्थान माथि उठेको छ । गत वर्ष नै हामी अगाडि थियौं, त्यसमा पनि यस वर्ष अलिकति माथि उठेको अवस्था रहेको छ ।

११ . विश्व भ्रमण तथा पर्यटनसम्बन्धी सूचक यसमा टुरिजम कम्पिटेटिभ इन्डेक्समा नेपाल फेरि १ स्थान माथि उठेको छ ।
यसरी विश्व सूचकहरूमा नेपाल अनेक कोणबाट अगाडि बढेको स्पष्ट छ । नेगेटिभ सूचकहरू छैनन् ।

१२.जर्मनीकाे प्रसिद्ध Wander Hust Magazine ले विश्वमा भ्रमण गर्नैपर्ने १५ मुलुकमा नेपाललाई समावेश गरेकाे छ । यसबाट पर्यटकीय विश्व बजारमा नेपाल विशेष र उल्लेखनीय गन्तव्यका रूपमा विख्यात भएकाे छ । नेपाल भ्रमण बर्ष २०२० अभियानकाे सफलताका लागि याे महत्त्वपूर्ण अाधार हाे ।

१३. विश्व बैकले हालै सार्वजनिक गरेकाे “वुमेन, बिजनेस एण्ड द ल – २०२०” रिपाेर्टका महिला, व्यवसाय र कानूनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशकाे सूचिमा नेपाल परेकाे छ, त्याे पनि उत्कृष्ट तीनमा । यसले महिला सशक्तिकरणकाे क्षेत्रमा नेपाल विश्वमै अग्रणी स्थानमा देखाएकाे छ ।

१४. संयुक्त राष्ट्रसंघीय बाल काेष (युनिसेफ)काे विश्व प्रतिवेदन – ” अ वल्ड रेडी टु लर्न” मा सन् २००० पछिका १७ बर्षहरूमा नेपालकाे विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेकाे भनी प्रशंसा गरिएकाे छ । (प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक पेजबाट साभार}

प्रतिक्रिया

सम्बन्धित सामाग्री