बिहीबार, १३ वैशाख २०८१

एभरेष्ट बैंकद्वारा निर्मित अपाङ्गमैत्री सार्वजनिक शौचालय हस्तान्तरण

समयपोष्ट २०७६ फागुन १ गते १७:०४

Advertisement

एभरेष्ट बैंक लिमिटेडले भ्रमण वर्ष २०२० लाई सहयोग  पुर्याउने उद्देश्य अनुरुप नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको छ ।

उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत यस बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय साथसाथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ ।

उक्त सार्वजनिक शौचालय, बैंकले आफ्ना अधिकारीहरु, काठमाडौं महानगरपालिका अधिकारीहरु तथा का.म.पा वडा नं. १० का सदस्यहरु तथा सर्वसाधरणहरुको उपस्थितमा बैँकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष राम कुमार केसीलाई हस्तान्तरण गर्नुभयो ।

एभरेष्ट बैंक हालै बेष्ट कर्मशियल बैंक, २०१९ बाट सम्मानित हुनुका साथैै क्यामेल रेटिङ अन्तर्गत बेष्ट रेटेड कर्मशियल बैंक बन्न सफल भएको छ । बैंकले ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री