शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरस लागेको भनेर नाटक गर्ने युवालाई पाँच वर्ष जेल

समयपोष्ट २०७६ फागुन १ गते ११:४५

Advertisement

रुसमा एक प्य्राङ्कस्टरलाई कोरोना भाइरसको नाटक गरेको भन्दै पाँच वर्ष जेल र पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय सुनाईएको छ ।

सार्वजनिक ठाउँमा मानिसलाई दुःख दिएको र डर त्रास देखाएको आरोपमा ति युवकलाई कैद र जरिवाना गरिएको हो । युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ ।

युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ । भिडियो कहिले छायांकन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमबार पक्राउ गर्यो र भिडियो छायाँकन गर्न सघाउने उसको साथीको खोजी गरेको छ । प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ ।

युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् । युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए । रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री