बिहीबार, १५ चैत २०८०

डिशहोमले ल्यायो “डिस होममा डिलर दाईको डिस्काउण्ट” अफर, रिचार्ज गरे बापत हप्तामै १ लाख जित्ने अवसर

समयपोष्ट २०७६ माघ २७ गते ११:५३

Advertisement

डिशहोमले “डिस होममा डिलर दाईको डिस्काउण्ट” नामक अफर सार्वजनिक गरेको छ।

अफर अन्तर्गत ग्राहकहरुले डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरे बापत याड अन प्याकेज सहित विक्लिी लक्की ड्रमा भाग लिने अवसर प्राप्त गर्न सक्नेछन् ।

साथै हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्न सक्नेछन् । विक्लिी लक्की ड्र कार्यक्रम माघ २७गते देखि बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागु हुँने कम्पनीले जनाएको छ।

विक्लिी लक्की ड्र फागुन २ गतेबाट डिशहोमको शो केस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण हुँने छ । प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा समावेश गरिनेछ ।

फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र विक्लिी लक्की ड्रमा समावेश गरिने छ । समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको सि ए एस आई डिको आधारमा विजेताको घोषणा गरिने छ ।

बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाटबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री