बिहीबार, १३ वैशाख २०८१

दुलहीले लगाएको साडी मन नपरेपछि विवाह तोडेर दुलहा टाप

समयपोष्ट २०७६ माघ २६ गते १५:१९

Advertisement

भारतको कर्नाटकमा दुलहाका परिवारलाई दुलहीले लगाएको साडी मन नपरेपछि विवाह रोकिएको छ ।

हासन जिल्लाका २९ वर्षका दुलहा बीएन रघुकुमार र बीआर संगीताको बुधबार प्रेम विवाह हुँदैथियो ।

हासनका एसपी श्रीनिवास गौडाले भारतीय संचार माध्यमसँग गरिएको कुराकानी अनुसार रघुकुमार र बीआर संगीता विगत एक वर्षदेखि प्रेममा थिए । यी दुईले विवाह गर्ने निश्चित गरे । परिवारबीच पनि सहमती भयो । बुधबार जब केही विधि अपनाइँदैथ्यो तब संगीताको साडी रघुकुमारका आमा–बुवालाई मन परेन । उनीहरुलाई साडीको क्वालिटी खराब लाग्यो जसका कारण संगीतालाई साडी परिवर्तन गर्न भनियो । यो तिलजस्तो विषय पहाड बन्यो र दुलहाका आमा–बुवा रिसाए । उनीहरुले विवाह रद्द गरे र छोरालाई घरबाट भगाइदिए । पुलिसले रघुकुमारविरुद्ध धोकाको मुद्दा दर्ता गरिएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री