बिहीबार, १५ चैत २०८०

यस्ता व्यक्ति भेटिए अलि टाढै रहनुस्, भरसक हात नमिलाउनुस् !

समयपोष्ट २०७५ माघ ३ गते ७:५३

Advertisement

खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’

श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने संक्रामक रोग (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसीरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको ¥याल परीक्षण गर्दा १ सय ६८ जनामा एन्फ्लुएन्जा पाइएको थियो ।

खोक्दा वा हाच्छिउँ गर्दा यो रुघाखोकी एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । सुरुमा सामान्य रुघाखोकी जस्तो देखिएपनि रोग प्रतिरोधात्मक क्षमता बढी भएका आफैं निको हुने चिकित्सक बताउँछन् ।

प्रतिरोधात्मक क्षमता न्यून भएका बालबालिका र ज्येष्ठ नागरिकमा भने जटिलता देखिन सक्छ । जोखिम बढी भएका व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री