शुक्रबार, ७ वैशाख २०८१

समाजवादबाट साम्यवादमा फर्कदैँ नेकपा

समयपोष्ट २०७५ माघ ३ गते ७:५०

Advertisement

एकीकरणको बाँकी काम सक्ने कार्यदिशा पाएको नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधानसमेत परिमार्जन गर्ने सहमति भएको छ ।

विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमति भएको हो ।

यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकोमा अब वैज्ञानिक समाजवाद हुँदै साम्यवाद लेख्ने सहमति भएको छ ।

स्थायी समितिको अघिल्लो बैठकमा प्रस्तावनाबाट साम्यवाद हटाइएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानको कतिपय त्रुटि सच्याउने कार्यदिशा दिएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री