डिशहोमले कुल जारी पुँजीको न्यूनतम १० आईपिओ जारी गर्ने
नेपालको पे टिभि इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ ।
हेमराज ढकालको अध्यक्षतामा पौष २६ गते सम्पन्न ९ औं बार्षिक साधारण सभाले आईपिओ जारी गर्ने निर्णय गरेको छ ।कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।
साधारण सभाले यस अघिकै संचालक समिति लाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।
नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि।भि। कम्पनि हुने भएको छ ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि।टि।एच। सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी प्याकेजहरु प्रदान गर्दै आईरहेको छ ।
डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको र जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।
प्रतिक्रिया