विवाहपछि यी तीन काम गर्न रणबीरलाई छैन छुट
समयपोष्ट
२०७५ माघ १ गते १३:१५
रणबीर सिंह र दीपिका पादुकोण कुनै न कुनै कारणले चर्चामा आइरहन्छन । करीब २ महिनाअघि इटालीको लेक कोमोमा विवाह गरेका यी जोडीले हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएका छन् । रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् ।
एक अन्तर्वार्तामा रणवीरले भने, ‘सुरुमा त म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ । दोस्रो, म खाना नखाई घर छोड्न पाउँदिनँ र तेस्रो, म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’एजेन्सी
प्रतिक्रिया