बुधबार, ४ असार २०८२

चिसो मौसममा इन्फ्लुएन्जाले लिन सक्छ ज्यान, कसरी बच्ने ?

समयपोष्ट २०७५ माघ १ गते ७:५५

Advertisement

एकै छिनमा इन्फ्लुएन्जा सर्नसक्छ र यदि तपाई कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ । सतर्क हुनुहोस् है ।

चिसो मौसममा फैलिरहेको मौसमी ‘इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ ।

यो भाइरस समुदायमा फैलिरहेको र यसको संक्रमणले कमजोर व्यक्तिहरुको मृत्युसमेत भइसकेको हुँदा यसबाट बच्न महासाखाले अपिल गरेको हो ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेकलाल कर्णका अनुसार यो इन्फ्लुएन्जाको संक्रमण भएपछि ज्वरो आउने, नाकबाट पानी बग्ने, जीउ दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छन् ।

Advertisement

चिकित्सकका अनुसार यो रोग संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, खोक्दा, संक्रमितले छोएको रुमाल वा समान प्रयोग गर्दा, सार्वजनिक स्थलका ढोका, चुकुल र बसको डण्डी छुँदा सर्ने भएकाले यस्ता चिज छोएपछि हात धुनुपर्छ ।

संक्रमित व्यक्ति आफैं सचेत हुने, स्कुल तथा कलेजमा धेरैमा यस्तो लक्षण भएको पाइएमा केही दिन स्कुल नपठाउने, बाहिर निस्कनुपर्दा माक्सको प्रयोग गर्ने, संक्रमित व्यक्ति भन्दा एक मिटरभन्दा टाढा बस्ने गरेमा यसको जोखिमबाट बच्न सकिन्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री