बिहीबार, १३ वैशाख २०८१

केरुङ–काठमाडौँ रेलमार्ग चाँडै बन्नेमा आशावादी छौ : सभामुख महरा

समयपोष्ट २०७५ पुष ३० गते १९:०१

Advertisement

सभामुख कृष्णबहादुर महराले नेपालको विकासमा चीन सरकारले गर्दै आएको सहयोग आगामी दिनमा अझै विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

सभामुख महरासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ याङ्छीले आज गरेको शिष्टाचार भेटमा उनले चीनले नेपालको जलविद्युत्, पर्यटन, सडकलगायत भौतिक पूर्वाधारका क्षेत्रमा थुप्रै सहयोग गरिरहेको स्मरण गर्नुभयो । चीनले शुरु गरेको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे ।

चीनको सहयोगमा नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गर्दै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौँ रेलमार्ग चाँडै बन्नेमा आशावादी रहेको बताए । नयाँ चिनियाँ राजदूतका रुपमा नेपाल आएका याङ्छीलाई स्वागत गर्दै सभामुख महराले कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा नेपालका लागि चिनियाँ राजदूत याङछीले ‘वेल्ट एण्ड रोड’ परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री