आइतबार, १ असार २०८२

सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश दिने प्रस्ताव पारित

समयपोष्ट २०७५ पुष ३० गते १७:२८


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई रु.२९,१४,४५,७७३९ (करीव ३.६ प्रतिशत) बोनस शेयर तथा रु. १३,१३,५५६,१४३ (करीव १.६ प्रतिशत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

Advertisement

सोमवार बैंक संचालक समितिका अध्यक्ष डा.शंकरप्रसाद शर्माको अध्यक्षतामा काठमाडौँकोे सम्पन्न सभाले सो प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आव २०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी उक्त प्रतिवेदन पारित गरेको छ । बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सभाका अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री