आइतबार, ८ असार २०८२

जनता बैंकको लाभाँश प्रस्ताव स्वीकृत, मर्जर वा साझेदारीमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी

समयपोष्ट २०७५ पुष २९ गते १७:२०

Advertisement

जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

आईतवार बैंक सञ्चालक समितिका केशव बहादुर रायमाझीको अध्यक्षतामा अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौमा सम्पन्न साधारणले उक्त प्रस्ताव पारित गरेको हो ।

सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा एसएआर एशोसिएटलाइृ नियुक्त गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

Advertisement

नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन रु. ६८ अर्ब र कर्जा लागानीरु. ६३ अर्ब पुगेको छ ।
बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ । बैकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री