शुक्रबार, ३० जेठ २०८२

सेनाका जवानले श्रीमतीलाई चिर्पट प्रहार गरेर मारे

समयपोष्ट २०७५ पुष २४ गते २१:३०

Advertisement

बर्दियाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिर्पटले टाउको हानि सोमबार राति हत्या गरेका छन् ।

अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुष्मा कुँवरलाई राति ११ बजेतिर चिर्पट प्रहार गरी हत्या गरेका हुन् । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले राति मधुवन नगरपालिकाको सानोश्रीमा पक्राउ गरेको थियो । बोहराका आमा मैयाँ र बुबा टीकारामको समेत हत्यामा संग्लनता रहेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री