अब नेताबिरुद्ध अनसन बस्छु : डा. केसी
समयपोष्ट
२०७५ पुष २३ गते १३:५३
प्राध्यापक डा. गोविन्द केसीले आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक संसदमा अघि बढाएको भन्दै सच्चाउन माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत डा.केसीले सहमतिविपरित विभिन्न विधेयक पारित गरेकोमा आपत्ति प्रकट गरे ।
उनले उपसमितिले पठाएको प्रतिवेदन समितिले अविलम्ब नसच्चाए पुष २५ अगाडि नै सत्याग्रह बस्ने चेतावनी समेत दिए । डा. केसीले अबको अनसन नेताबिरुद्ध हुने चेतावनी दिए ।
प्रतिक्रिया