मंगलबार, ३ असार २०८२

दश तले भवनमा आगलागी, तीन जनाको मृत्यु

समयपोष्ट २०७५ पुष २१ गते २०:४४

Advertisement

स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बालक सहित अरु १६ जना घाइते भएको पनि उद्धारकर्मीहरुले बताएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान शुरु भएको छ । प्रहरीले आगलागीबाट मृत्यु भएकाहरुको पहिचान गरिसकेको पनि जनाएको छ ।

घाइतेमध्ये बच्चा र अरु दुई व्यक्तिको अवस्था गम्भीर रहेको छ । आगो बिहान मात्र नियन्त्रणमा आउन सकेको थियो । दश तल्ले उक्त भवनको बाहिरी भाग पूरै कालो भएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री