आइएमई ट्राभलको सटल बस सेवा: पानीपोखरी टु चन्द्रागिरि
समयपोष्ट
२०७५ पुष १८ गते १२:०८
अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभलले सटल बस सेवा सञ्चालनमा ल्याएको छ । बुधबारबाट सेवा सुरु गरेको बसले पानीपोखरीदेखि चन्द्रागिरिसम्म यात्रुहरुलाई सेवा दिने छ ।
चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिनविहान १० बजे छुट्ने उक्त बसले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि हिल्सको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ ।
साँझ ४ बजे चन्द्रागिरि हिल्सको बेस स्टेसनबाट छुट्ने उक्त बस कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाटहुँदै पानीपोखरीसम्म आइपुग्ने छ ।
चन्द्रागिरिसम्मपुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूलाई ध्यान दिदैँ उक्त बस सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया