‘पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ’
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले आफू एकताको लागि प्रतिबद्ध रहेको बताए । “म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु, अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ”, उहाँले भन्नुभयो, “पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ ।”
सभापति शेरबहादुर देउवाले गर्ने व्यवहारले नै पार्र्टीलाई एकताबद्ध गर्न मद्दत पुग्ने बताउँदै उनले अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको छ भने ।
वरिष्ठ नेता पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाउँदै “पार्र्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु, अरु बाँकी काम पार्टी सभापतिको हो”, भने ।
वरिष्ठ नेता पौडेलले विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताए ।
सरकारको नेतृत्व गरेको दलले सबै अधिकार प्रधानमन्त्रीमा लगेर थुर्पाने कोसिस गरिरहेको आरोप लगाउँदै उनले भने, “जुन प्रणालीले देशलाई अहिलेको स्थितिमा ल्याएको छ, त्यसमा सबै इमान्दार भएर लाग्नुपर्छ ।”
वरिष्ठ नेता पौडेलले संविधानमा बहुलवादमा आधारित संसदीय प्रणाली मान्ने कुरा उल्लेख छ, त्यसमा कसैले तलमाथि गर्न पाउँदैन भने ।
प्रतिक्रिया