शनिबार, ३ साउन २०८२

सिटी एक्सप्रेस र मलेसियन रेमिटान्स कम्पनी भ्यालूबीच रेमिटान्स सम्झौता

समयपोष्ट २०७५ पुष १७ गते १३:३०

सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियन रेमिटान्स कम्पनी भ्यालूबीच रेमिटान्स सम्झौता भएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरे । सम्झौतासंगै ग्राहकहरुले मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सक्नेछन् । साथै कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

भ्यालूको मलेसियामा २००० एजेन्ट् लोकेशन्हरुका साथै आफ्नै मोबाईल एप् र ईन्टरनेट बैंकिङ्क सेवा उपलब्ध छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी रेमिट एजेन्ट्हरु बाट ६००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री