बुधबार, १२ वैशाख २०८१

भारतीय राष्ट्रपति मुखर्जीको शन्देश ‘छिमेकको शान्ति र स्थायित्वलाई भारतले सधैं जोड दिइरहन्छ’

समयपोष्ट २०७३ माघ १३ गते १२:३१

भारतका राष्ट्रपति प्रणव मुखर्जीले छिमेकीको शान्ति र स्थायित्वमा नै भारतको जोड रहेको बताएका छन्। भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा उनले प्रस्तुत गरेको सन्देशमा उक्त धारणा व्यक्त भएको हो । भारतको गणतन्त्र दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत रणजित रायले राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।
राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप उचाईमा पुगेको उनको धारणा थियो। ‘छिमेकको शान्ति र स्थायित्वलाई भारतले सधैं जोड दिइरहन्छ ’ उनको सन्देशको मुख्य अंश थियो  । राजदूत रायले उक्त धारणासहित छिमेक पहिला नीति र साथसाथ विकासलाई भारतले बढवा दिएको भन्दै यसमा आफूहरु दृढ रहेको बताए।

Advertisement

2

कार्यक्रममा राजदूतावासको रक्षा विभागद्वारा नेपालमा बस्ने भारतीय भूपूहरुको लागि भारत सरकारले प्रदान गर्ने कल्याण कार्यक्रमहरु समेटेर प्रकाशित ‘भूपू २०१६ नामक पुस्तकको पनि विमोचन भएको थियो । राजदूतले भारतीय सेनाका १४ भूपू सैनिक, तिनका विधवा, आश्रित तथा शारीरिक रुपले अशक्त भूपू सैनिकहरुलाई रक्षा सहचारी कल्याण कोषबाट ३ करोड ७५ लाख को चेक तथा कम्बल समेत वितरण गरे ।

नेपालका दुर्गमसहित विभिन्न स्थानमा रहेका पुस्तकालय, प्राथमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा महाविद्यालयहरु गरी ६० शैक्षिक संस्था तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत दिइएको थियो ।

3भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लाका अस्पतालहरु, नाफा नकमाउने परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई नेपालमा स्वास्थ्य तथा शैक्षिक सेवा अभिवृद्धि गर्न २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार दिइएको छ । राजदूतले नेपालमा शैक्षिक र स्वास्थ्य सेवा सवल गराउन ती संस्थालाई साँचो हस्तन्तरण गरेका हुन् । नेपालको एक भूपू संगठनलाई दुई एम्बुलेन्स पनि उपहार दिइएको थियो ।

भारतले सन् १९९४ देखि नेपालको ७३ जिल्लाहरुमा अवस्थितविभिन्न संस्थाहरुलाई ६ सय २ एम्बुलेन्सहरु प्रदान गरिसकेको छ । भारतले नेपालका २८ जिल्लामा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाहरुका हजारौं विद्यार्थीहरुको विद्यालयमा सहज पहुँचको लागि १ सय १८ बस उपहार स्वरुप उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री