शुक्रबार, ७ वैशाख २०८१

४४ थान राहदानीसहित चिनियाँ नागरिक पक्राउ

समयपोष्ट २०७३ माघ १३ गते ७:४६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । ड्रागन एयरबाट हङकङ जान लागेका उनी बुधबार राति  विमानस्थलबाट पक्राउ परेका हुन् ।

Advertisement

वइविन हि नाम गरेका ति चिनियाँको हृयाण्ड ब्यागमा ४४ थान पासपोर्ट भेटिएको छ । प्रहरीका अनुसार राति १० बजेको उडानबाट हङकङ जान विमानस्थल पुगेका उनको  हृयाण्ड ब्याग एक्सरे मेसिनमा चेक गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

प्रारम्भिक बयानमा आफुलाई ब्यवसायि बताउँने हिले साउदी अरबको भिसा लगाउन ४४ जना चिनियाँको राहदानी बोकेर गत १८ तारिखमा काठमाडौं आएको बताएका छन् । 

चीनबाट साउदीको भिसा लगाउन गाह्रो हुने भएकाले आफू काठमाडौं आएको बताए पनि उनको साथबाट बरामद भएको एउटा पनि राहदानीमा साउदीको भिसा छैन । प्रहरीअनुसार बरामद पास्पोर्टका बारेमा चिनियाँ दूतावास मार्फत विस्तृत जानकारी माग्ने काम भैरहेको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री