शुक्रबार, ७ वैशाख २०८१

सेञ्चुरी बैंकको बढ्यो नाफा

समयपोष्ट २०७३ माघ १३ गते ७:१७

 

Advertisement

सेञ्चुरी बैंकले २२ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ ।  बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा  १६ करोड ७ लाख रुपैयाँ  नाफा गरेको थियो । 
३ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ५१ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सर्वसाधारणको  निक्षेप संकलन  ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ पुर्याएको बैंकले २९ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्कृय कर्जा अनुपात 0.४७ प्रतिशत बनाएको बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा तथा प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६६ पैसा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री