शुक्रबार, ७ वैशाख २०८१

समयमै महिनावारी नहुँने यि हुन् कारण 

समयपोष्ट २०७३ माघ १२ गते ९:४०

हर महिना सहि समयमा महिनावारी नहुने समस्या कर्यौ महिलाहरुमा हुने गर्दछ । यदि यो समस्या लामो समयसम्म भैरह्यो भने यसले स्वास्थ सम्बन्धि बिभिन्न समस्याहरु निम्त्याउँन सक्छ । 

Advertisement

१.गर्भ निरोधक चक्किको प्रयोग गर्ने गर्दा हर्मोनमा असन्तुलन पैदा हुन्छ । जसले गर्दा महिनावारी सहि समयमा नहुने समस्या देखिन्छ ।
२. थाईराईड रोगको कारण पनि महिनावारी समयमा नहुने हुन्छ । महिनावारी समयमै नहुँदा थाईराईड जाँच गराउँदा उचित हुन्छ । 
३. रगतमा भएको सुगर लेवल बिग्रिदा पनि यो समस्या देखिन्छ । यसको लागि सुगर जाँच गराउँनुपर्छ । 
४.महिलाहरु ४० बर्ष कटेपछि ओभरियन फेलियरको कारण पनि यो समस्या हुनसक्छ ।
५.अत्याधिक मोटोपनका कारण दिमागमा भएको हाईपोथ्यालामस नामक ग्रन्थीमा समस्या पर्न जान्छ जसले गर्दा हर्मोनल इम्ब्यालेन्स हुने गर्छ । यसले महिनावारी समयमा नहुने समस्या हुनसक्छ । 
६.प्राय तनावमा भैरहने महिलाहरुमा एस्ट्रोजन र कार्टिसोल नामक हर्मोन रिलिज हुनजान्छ । शरीरमा यसको मात्रा बढ्दा पनि महिनावारी समयमा हुँदैन । 
७.आवश्यकता भन्दा बढी कसरत गर्दा पनि महिनावारी समयमा नहुने समस्या हुनसक्छ । 

महिनावारीको समयमा खानपानमा ध्यान दिउ

महिनावारीको समयमा महिलाहरुले आफ्नो स्वास्थको निकै ध्यान पुर्याउँनु पर्ने हुन्छ । बिशेष गरी खानपानमा बढी क्याफिन र सुगर  हुने कार्वोनेटेड ड्रिंक्स नखाँदा राम्रो । यसले महिनावारी समयमा नहुने समस्या उत्पन्न गराउँन सक्छ । बढी नुनिलो खानेकुराहरु अचार ,टोम्याटो सस्,चिप्सहरु पनि प्रयोग नगर्दा राम्रो । यसले शरीरमा सोडियमको मात्रालाई बढाएर पिसावको समस्या निम्त्याउँन सक्छ । ब्रेड ,पास्ता ,मैदा जस्ता चिजहरुबाट बनेका खानेकुराबाट महिनावारीको समयमा टाढै रहनु राम्रो । यसले कब्जियत र एसिडिटी बढाउँन सक्छ । माछा मासु,बजारमा पाईने तयारी खानेकुरा (जंक फुड) ज्यादै पिरो र बढी तेल भएका खानेकुरा महिनावारीमा नखाँदा उचित हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री