मंगलबार, ११ वैशाख २०८१

संसार घुम्ने रहर छ , भुलेर पनि नजानुहोस् यि दश खतरनाक सहर

समयपोष्ट २०७३ माघ १२ गते ७:५५

ट्राभल वेभसाईट डेस्टिनेसन टिप्सले संसारको दश घटिया स्थानको सुचि जारी गरेको छ । जसमा नर्थ कोरियाको राजधानी प्योंग्यांग देखि दुनियाँकै खतरनाक देश सिरियाको राजधानी दमासकससम्म रहेका छन् । यसको अलावा द्धन्दग्रस्त देश सोमालिया र सबैभन्दा बढी प्रदुषित मुलुक बंगलादेशको ढाका पनि सुचिमा रहेका छन् । 

Advertisement

1f

युक्रेनको राजधानी कीव

युक्रेनको राजधानी कीवमा कर्यौ बर्ष देखि संघर्ष जारी छ । यहाँको सरकार बिरोधि आन्दोलनले पुरै सहरनै ध्वस्थ बनाईएको छ । रुसि सैनिकको हस्तक्षेपका कारण त्यहाको संघर्ष रोकिनुको सट्टा भड्किन पुगेको छ । 
 

2f

हाईटी


हाईटी सन् २०१० मा गएको भुकम्पले तहसनहस बनायो । भुकम्पको असर हाईटीमा अझै पनि देख्न सकिन्छ । यस भुकम्पमा पोर्ट ओ प्रिन्सको ४० देखि ५० प्रतिसत् इलाका नष्ट बन्नपुग्यो । जुन अहिलेसम्म जस्ताको तस्तै रहेको छ । 

3f

सिरियाको राजधानी दमास्कस

सिरियामा बषौ अघि देखि गृह युद्ध चलिरहेको छ । बिद्रोहि देखि आईएसआईएस को आतंकले पनि यो देशलाई ध्वस्त बनाईरहेको छ । जसको असर राजधानी दमास्कससम्म पनि देखिसकेको छ । राजधानी दमास्कसलाई अन्य क्षेत्रभन्दा सुरक्षित मानिदै आएको थियो ।

4f

सोमालियाको राजधानी मोगादिशु

सोमालियाको राजधानी मोगादिशु अफ्रिकाको सबैभन्दा हिंस्रक सहरको रुपमा मानिन्छ । आतंककारी संगठन अल सबाबले यहाँ आतंक मच्चाईरहेको छ ।

 

5f

 उत्तर कोरिया 

दुनियाँकै गोप्य मुलुकको रुपमा  उत्तर कोरियालाई मानिन्छ  । यस देशमा विदेशी आउँदा जाँदा र उनीहरुको कुराकानी समेत वाच गर्ने गरिन्छ । यस देशमा एक्लै हिड्न र फोटो खिच्न समेत पाईदैन । अञ्जानमा भएको कुनै गल्तिमा समेत यस देशमा माफी पाईदैन । 

6f

मेक्सिको

मेक्सिको शहर संसराकै खतरनाक सहरको रुपमा लिईन्छ । अपहर,हत्या र सडकमै जिउँदै जलाउँनेसम्मका कार्यहरु यस सहरमा आम रुपमा लिइन्छन् । यस सहरमा खतरनाक ड्रग्स कार्टेल एक्टिभ रहेको हुँदा उनीहरुकै कारण यस सहरको हालत निकै खराब मानिन्छ । 

7f

कोलम्बियाको बोगोटा सहर


कोलम्बियाको बोगोटा सहरमा पनि  ड्रग्ससंग सम्बन्धित अपराधहरु बढि हुने गरेको छ । अपहरण,हत्या ,हरेकदिन जसो कुटपिट यहाँको सामान्य घटनाहरु हुन् । दशकौ देखि यो देश ड्रग्सको बिरुद्ध युद्धनै लडिरहेको छ । 

8f

बंगलादेश

बंगलादेशको ढाका यो लिष्टमा सबैभन्दा बढी प्रदुषणको कारण परेको छ । बंगलादेशको नाम प्रदुषित सहरको नाममा विश्वकै चौथो नम्बरमा रहेको छ । 

9f

ब्रिटेनको स्केग्नेश सहर

यो बर्ष ब्रिटेनको स्केग्नेश सहर पनि खतरनाक सहरकोे सुचिमा परेको छ । यो सहरमा पर्यटकहरु आउँने क्रममा पनि कमि आएको छ । पर्यटकको आवजावत कम हुँदा यो सहरलाई यस बर्ष लिष्टमा पारिएको छ । 

10f

पपुवा न्यु गिनीको पोर्टउ मोजरबी सहर

पपुवा न्यु गिनीको पोर्टउ मोजरबी सहरलाई एकदमै खतरनाक मानिदै आएको छ । ३५०००० जनसख्या रहेको यो सहरमा हत्या,हिंसा ,बलात्कार,लुटपात हरेकदिन जसो भैनैरहन्छन् । यस्ता अपराधिक घटनाहरुले गर्दा यस सहरमा सार्वजनिक यात्रा गर्ने सुझाव कसैलाई पनि दिईदैन । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री