शनिबार, ८ वैशाख २०८१

सानिमा बैंकको नाफा सवा ६२ करोड रुपैयाँ

समयपोष्ट २०७३ माघ ११ गते ६:०८

गत आर्थिक बर्षको बर्षको पुसमा ४० करोड ८० लाख रुपैयाँ नाफा गरेको सानिमा बैंकले चालु आवको पुस मसान्तसम्म ६२ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले ७३ करोड ६७ लाख रुपैयाँको खुद ब्याज आम्दानीलाई एक अर्ब नौं करोड रुपैयाँ पुर्याएपछि बैंकको नाफा माथि पुगेको हो। बैंकले कर्जा लगानी पनि ३३ अर्ब २९ करोडबाट ४६ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ।

Advertisement

बैंकसँग सर्वसाधारणको ५१ अर्ब ७९ करोड रुपैयाँ छ। बैंकको चुक्ता पूँजी पाँच अर्ब ३० करोड रुपैयाँ छ। बैंकको पूँजी कोष अनुपात १३.२३ प्रतिशत र खराव कर्जा अनुपात ०.०१ प्रतिशत मात्र छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री